मुख्य समाचार

बिर्तामोडमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बिर्तामोडमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


झापा । झापाको बिर्तामोड नगरपालिका–७ खालबाडीमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । २७ वर्षीय बिर्तामोड न.पा. ७ बस्ने बर्ष २७ को सहिल मोहम्मद मियाको जंगली हात्तीको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

मृतकको शरिरबाट आन्द्रा बाहिर निस्किएको अवस्थामा शव फेला परेको हो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनीबाट रुपेश राईको कमाण्डमा प्रहरी टोली खटिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

शेयर गर्नुहोस :

135
Shares