Banner news

दमक प्रहरीलाई दुई थान मोटरसाईकल र पिकअप प्रदान

दमक प्रहरीलाई दुई थान मोटरसाईकल र पिकअप प्रदान


दमक । शान्ति सुरक्षालाई मध्यनजर गर्दै दमक नगरपालिकाले  बुधबार इलाका प्रहरी कार्यालय दमकलाई दुई थान मोटरसाइकल उपलब्ध गराएको छ । सोही क्रममा दमक खानेपानीबाट समेत एक थान पिकअप गाडी प्रहरीलाई हस्तान्तरण गरिएको छ ।


जेन जी आन्दोलनका क्रममा अराजक समूहले इप्रकामा तोडफोडसहित आगजनी गर्दा सवारीमा समेत क्षति पुगेको थियो । प्रहरीलाई सवारीसाधन अभाव हुँदा शान्ति सुरक्षामा समस्या हुन सक्ने हस्तान्तरण गरिएको दमकका मेयर राम थापाले जानकारी दिए । उनका अनुसार सवारी साधन उपलब्ध गराउँदा सुरक्षा व्यवस्थापन अझ सशक्त हुनेछ । प्रहरीलाई साधन सहयोग गरेपछि नगरको शान्ति सुरक्षा कायम गर्न टेवा पुग्ने विश्वास गरिएको छ ।

इलाका प्रहरी कार्यालय दमकले नगरपालिकासँगै दमक खानेपानी संस्थाको सहयोगप्रति आभार व्यक्त गरको छ ।

शेयर गर्नुहोस :

108
Shares