मुख्य समाचार

सल्यानमा गाडी दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

सल्यानमा गाडी दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु


दाङ । रुकुमबाट दाङ आउँदै गरेको गाडी सल्यानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

आज बिहानै लु २ ख ६५०२ नम्बरको गाडी कपुरकोट ३ चोरखोला क्षेत्रमा सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको छ भने एक महिला र एक पुरुष गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई थप उपचारका लागि दाङ ल्याइएको छ । मृतक तथा घाइतेको नाम, ठेगाना खुलेको छैन ।

शेयर गर्नुहोस :

27
Shares