मुख्य समाचार

घाघरा खोलामा डुबेर ६२ वर्षीय मंगलसिंह मुर्मुको मृत्यु

घाघरा खोलामा डुबेर ६२ वर्षीय मंगलसिंह मुर्मुको मृत्यु


बिर्तामोड। झापाको बाह्रदशी गाउँपालिका–४ मुन्सी कामत टोलका ६२ वर्षीय मंगल सिंह मुर्मुको आज विहान घाघरा खोलामा डुबेर मृत्यु भएको छ।

प्रहरीका अनुसार मुर्मु घाघरा खोला तर्ने क्रममा खुट्टा चिप्लिएर खोलामा डुबेका थिए। उनलाई स्थानीयले तत्काल उद्दार गरी घरतर्फ लैजादै गर्दा उनको मृत्यु भएको थियो ।

घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक रुपेश राईको नेतृत्वमा प्रहरी टोली खटिएको छ।

पोष्टमार्टमका लागि मुर्मुको शव प्रादेशिक मेची अस्पताल पठाइएको थियो। त्यसपछि मृतकका छोरा श्याम मुर्मुले शव बुझेर लगेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस :

189
Shares