काठमाडौं । कोशी प्रदेश सरकारले केही दिनअघि आएको बाढी पहिरो पीडित परिवारलाई धमाधम राहत सामग्री पठाउन थालेको छ। हेलिकप्टर र अन्य सवारी साधन मार्फत हिजो सामग्री पुर्याएको कोशी प्रदेश सरकारले आज पनि तीन ट्रकभन्दा बढी सामग्री माइजोगमाई, माई, इलाम, नगरपालिका र झापा गाउँपालिका लगायतका क्षेत्रमा पठाएको हो ।

मुख्यमन्त्री कार्कीले सरकारले मृतकका परिवारलाई रकम पठाउने र अत्यावश्यक सामग्रीहरू पठाउने कामलाई स्रोत साधनले भ्याएसम्म निरन्तर जारी राख्ने बताए। प्रदेश सरकारका मन्त्रीहरू पनि आआफ्नो ठाउँमा फिल्डमै गएर निर्माण र पुनर्निर्माणको काममा ध्यान दिन सुरु गरेको उनले बताए।
सरकारले राहत सामग्री पठाएसँगै भत्किएका सडक र अन्य संरचनाहरू बनाउनका लागि आवश्यक तयारी सुरु गरिएको मुख्यमन्त्री कार्कीले जानकारी दिएका छन् ।







प्रतिक्रिया