मुख्य समाचार

समाजलाई अराजकताबाट मुक्त गर्न सडकमा आउने : महासचिव धामी

समाजलाई अराजकताबाट मुक्त गर्न सडकमा आउने : महासचिव धामी


काठमाडौं । अनेरास्ववियुका महासचिव दीपक धामीले समाजलाई अराजकताबाट मुक्त गर्नको लागि आफूहरू सडकमा आउने बताएका छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संयोजक सुधन गुरुङविरुद्ध किटानी जाहेरी दिएकोबारे पत्रकार सम्मेलनमा बोल्दै अमुक व्यक्तिले सरकारलाई निर्देशन दिन थालेपछि आफूहरू सडकमा आउन बाध्य भएको बताए।

उनले भने, ‘अराजकतालाई मुक्त गर्नुपर्छ भनेर हामी सडकमा आएका छौँ। हामी आउँछौँ सडकमा, हामी मर्न कफन बाँधेर हिँडेका मान्छे हौँ। समाज र देशको लागि मर्न तयार छौँ। यो देशमा आगो लगाएर खरानी बनाउनेहरू छाती फुलाएर हिँड्ने रु निर्दोष रहेकाहरू कुनामा लुकेर बस्नुपर्ने हुँदैन।’

उनले २३ र २४ गतेको घटनाको दोषीलाई कारबाही गर्नुपर्ने बताए। उनले पार्टी अध्यक्ष केपी ओली विगतमा गृहमन्त्री हुँदा राज्यको गोली खाएर एक जना पनि मर्नु नपरेको स्मरण गरे। उनले आन्दोलनमा गोली हान्न निर्देशन प्रधानमन्त्री नदिने पनि बताए।

शेयर गर्नुहोस :

162
Shares