Banner news

एकका लागि एक अभियानको अगुवाईमा ५ सय परिवारलाई राहत वितरण

एकका लागि एक अभियानको अगुवाईमा ५ सय परिवारलाई राहत वितरण


बिर्तामोड । एकका लागि एक अभियानको अगुवाईमा संकलित रकमबाट झापा गाउँपालिकाको बाढी क्षेत्रमा राहत वितरण गरिएको छ ।

प्रभावितहरुमध्ये ५ सय परिवारलाई आज राहत वितरण गरिएको हो । इलाका प्रहरी कार्यालय कुमरखोद र रेडक्रसको भवनबाट पीडितहरूलाई खाद्यान्न लगायतका सामग्री वितरण गरिएको छ ।

खाद्यान्न र गैरखाद्यान्न गरी प्रति परिवार ३ हजार रुपैयाँ बराबरको राहत सहयोग उपलब्ध गराइएको अभियानका संयोजक महेन्द्र गिरीले जानकारी दिए ।

संयोजक गिरीका अनुसार करिब १ हजार परिवारलाई राहत जुटेको छ भने अभियानको अगुवाईमा थप १ हजार परिवारलाई राहत जुटाउन आवश्यक रहेको छ । बाढी प्रभावितहरुलाई अभियान मार्फत सहयोग गर्नेहरुप्रति गिरीले धन्यवाद दिदैं इच्छुक संस्था तथा महानुभावहरुलाई विपदको समयमा सहयोगमा जुट्न आव्हान समेत गरेका छन् ।

अभियानमा विभिन्न संघ संस्था र व्यक्तिहरुले खाद्यान्न तथा रकम सहयोग गर्दै आएका छन् । प्राप्त विवरण अनुसार एकका लागि एक अभियानले २०० परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ ।

सहारा नेपाल र फेयरमेड फाउण्डेसन ३०० परिवार, अन्तर्राष्ट्रिय झापाली समाज १०० परिवार, झापाली समाज कुवेत ५५ परिवार (रु.१,७१०००), मारवाडी सेवा समिति बिर्तामोड १ लाख ६३ हजार २ सय रुपैयाँ, एसएनजेडी ५० परिवार, अर्जुनधारा जलेश्वर धाम , बिर्तामोड चिल्ड्रेन हस्पिटल, वैदेशिक रोजगार व्यवसायी संघ झापा, समर्पित फाउन्डेसन बिर्तामोड, रोटरी कल्व अफ बिर्तामोड ५१-५१ हजार, डम्बर देउजा चारपाने ५० हजार, झापा उद्योग संघ ५० हजार, बिपिन बजगाईं ३० हजार र रोट्राक क्लब अफ बिर्तामोडले राहतका लागि २१ हजार उपलब्ध गराएको छ ।
राहत वितरणका लागि थप प्रतिवद्धताहरु पनि आइरहेको जनाइएको छ ।

शेयर गर्नुहोस :

162
Shares