Banner news

निष्पक्ष निर्वाचनका पक्षमा माओवादी केन्द्र अडिग छ : संयोजक दाहाल

निष्पक्ष निर्वाचनका पक्षमा माओवादी केन्द्र अडिग छ : संयोजक दाहाल

??????? ????????? ?????? ‘???????’?? ?????????? ??????? ???????, ?? ????? ????? ?????? ??????? ???????? ????????? ?????? ????? ????? ?????????? ???? (??????? ???????) ?? ?????? ???????? ????? ‘???????’?? ?????????? ????? ??????????? ? ??????? ?????? ???????÷????

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका पक्षमा आफू नेतृत्वको पार्टी रहेको बताउनुभएको छ ।

प्रेस सन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित सम्पादकरूसँगको संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले जिम्मेवार राजनीतिक दल, नागरिक समाज, बौद्धिक जगत् तथा आमसञ्चारमाध्यमको ध्यान निर्वाचनको वातावरण तयार गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाई प्रतिनिधिसभामार्फत मुलुकलाई राजनीतिक निकास दिनुपर्ने धारणा व्यक्त गर्दै त्यसका लागि समाजका सबै तह तप्कासँग अनुरोध गर्नुभयो ।

देश अहिले इतिहासकै अत्यन्त अप्ठ्यारो अवस्थामा पुगेको भनी चिन्ता व्यक्त गर्दै अध्यक्ष दाहालले बदलिँदो राजनीतिक घटनाक्रमका बीच ‘जेनजी पुस्ता’को भावना र मागलाई समेत सम्बोधन गर्नेगरी मुलुकको स्वाधिनता र स्वतन्त्रताका पक्षमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने समय आएको बताउनुभयो ।

नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्रसहितका कम्युनिष्ट घटकहरू, मधेस केन्द्रित राजनीतिक दलहरूजस्ता इतिहास भएका लोकतान्त्रिक राजनीतिक दलहरूबीचको राष्ट्रिय सहमतिमा निर्वाचन सम्पन्न गरी देशलाई राजनीतिक निकास दिनुपर्नेमा जोड दिनुभयो ।

जेनजी पुस्ताको मागलाई समेत समेटेर नेपालको संविधान संशोधन गरी समाजमा देखिएका निराशा र असन्तुष्टि सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गर्दै उहाँले विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यसहित सुशासन कायम गर्ने तथा मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउनेतर्फ समग्र राष्ट्रको ध्यान जानुपर्ने धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले अहिले पनि केही राजनीतिक दलका नेतामा अहङ्कार देखिएकामा आश्चर्य प्रकट गर्दै यसअघि गरेका कमीकमजोरीलाई सच्याएर जनतामाझ जानुको विकल्प राजनीतिक पार्टीहरूसँग नरहेको बताउनुभयो ।

जेनजी आन्दोलनको भावनालाई आत्मसात् गरी पार्टीको अध्यक्ष पदबाट संयोजकका रूपमा आफू रूपान्तरित भएको स्पष्ट गर्दै उहाँले आवश्यक परे संयोजकबाट पनि पछि हट्न तयार रहेको जानकारी दिनुभयो । सो संवाद कार्यक्रममा मूलधारका छापा, विद्युतीय तथा अनलाइन सञ्चारमाध्यमका करिब ३० जना सम्पादकहरूको उपस्थिति थियो ।

शेयर गर्नुहोस :

27
Shares