मुख्य समाचार

वासिङ्टन पोस्टको सूचीमा विपिनको पनि नाम

वासिङ्टन पोस्टको सूचीमा विपिनको पनि नाम


काठमाडौं, २५ असोज । इजरायलले हालसम्म गाजामा रहेका ४८ जना बन्धकमध्ये २२ जना अझै जीवित रहेको विश्वास गरेको छ । वासिङ्टन पोस्टको समाचारअनुसार जीवित रहेको विश्वास गरिएकाहरूको सूचीमा नेपालका विपिन जोशीको पनि नाम छ ।

जीवित रहेको अनुमान गरिएका बन्धकमध्ये इजरायली सैनिक, विद्यार्थी तथा नेपालका विपिन जोशी पनि रहेको समाचारमा जनाइएको छ । जोशी कृषि अध्ययनका लागि नेपालबाट इजरायल पुगेका बेला हमासको अपहरणमा परेका थिए ।

गाजा युद्धविरामअन्तर्गत बाँकी बन्धकहरू अबको ७२ घण्टाभित्र रिहा हुने अपेक्षा गरिएको छ । बन्धकको रिहाइको सट्टामा इजरायलले करिब २ हजार प्यालेस्टाइनी बन्दीहरूलाई मुक्त गर्नेछ ।

इजरायलमा बन्धकहरूका परिवारहरूले उनीहरूको सुरक्षित रिहाइको लागि लगातार दबाब दिइरहेका छन् । समाचारअनुसार इजरायलले कम्तीमा २५ जना बन्धकहरू अक्टोबर ७ मा वा बन्धक अवस्थामै मारिएका पुष्टि गरेको छ । बाँकी बन्धकमध्ये कति जीवित छन् भन्ने स्पष्ट छैन । तर २२ जना जीवित रहेको विश्वास इजरायलको छ ।

शेयर गर्नुहोस :

162
Shares