मुख्य समाचार

बालेन र सुदनविरुद्ध नेविसंघले दियो जाहेरी

बालेन र सुदनविरुद्ध नेविसंघले दियो जाहेरी


काठमाडौं, २६ असोज । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएको छ ।

भदौ २३ र २४ भएको जेनजीको आन्दोलनलाई उक्साउन भूमिका खेलेको भन्दै नेविसंघले जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौँमा किटानी जाहेरी दिएको हो। बालेन र सुदनलाई २४ घण्टाभित्र जाहेरी दर्ता गरेर पक्राउ गर्न माग गरिएको छ ।

शेयर गर्नुहोस :

27
Shares