मुख्य समाचार

सुनमाईमा फेला परेको शिशुको अवस्था सामान्य

सुनमाईमा फेला परेको शिशुको अवस्था सामान्य


बिर्तामोड । झापाको बुद्धशान्ति ७ सुनमाईमा फेला परेको नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

शनिवार स्थानीय सिमा आचार्यको घरको वरण्डाबाट ४-५ दिनको जस्तो देखिने शिशुको उद्धार गरी मेची प्रादेशिक अस्पताल पठाइएको झापा प्रहरीले जनाएको छ ।

फाइल तस्वीर

घरको वरण्डामा कसैले ल्याएर छोडेको हुन सक्ने अनुमान गरिएको छ । सो घरमा भाडा लिई बस्ने ताप्लेजुङ सिरिजंगा ७ का ओम प्रकाश तुमिहाङ लिम्बुले शिशु देखेपछि इप्रका बुधबारेमा खवर गरिएको थियो ।

सूचना पश्चात इप्रका बुधबारेको टोलीले शिशुको उद्धार गरी स्थानीय जनप्रतिनिधिको समन्वयमा प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र थप अनुसन्धान तथा बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

शेयर गर्नुहोस :

54
Shares