मुख्य समाचार

झापाका सीमा नाकाहरु बन्द

झापाका सीमा नाकाहरु बन्द


बिर्तामोड । भारतको विहार राज्यसँग जोडिएका झापाका सीमा नाकाहरू शनिवार साँझदेखि ७२ घण्टाका लागि बन्द भएको छ ।

भारतको विहारमा हुने विधानसभा निर्वाचनलाई लक्षित गरी विहारसँग जोडिएका भद्रपुर, केचना, डिगलबैंक र गौरीगञ्ज सीमा नाका बन्द भएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

प्रशासनले शनिवार सूचना जारी गर्दै विहारमा विधानसभाको दोस्रो चरणको निर्वाचन अन्तरगत किशनगञ्ज जिल्लामा यही नोभेम्बर ११ तारिख अर्थात् कार्तिक २५ गते निर्वाचन हुँदैछ । किशनगञ्ज जिल्लासँग जोडिएका नाकाहरू नोभेम्बर ८ तारिख साँझ ६ः१५ बजेदेखि नोभेम्बर ११ तारिख साँझ ६ः१५ बजे (कार्तिक २२ गते शनिवार ६ः१५ बजेदेखि कार्तिक २५ गते मंगलबार ६ः१५ बजे)सम्म बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

शेयर गर्नुहोस :

243
Shares