बिर्तामोड । झापा कनकाई नगरपालिका ७ का ३६ वर्षीय चन्दन मुर्मुको गर्दन भाँच्चिएको छ । झापा प्रहरीले दिएको सूचना अनुसार पौडी खेल्ने क्रममा उल्टी जम्प गर्दा गर्दन भाँच्चिएको हो ।
झापा गाउँपालिका वडा नं.३ सिमलबाडीस्थित फुपुको घरमा मरिमराउको काममा गएको बेला मुमू पौडी खेल्न गएका थिए ।
मुर्मू सानो माईखोलामा पौडी खेल्ने क्रममा उल्टी जम्प हान्दा गर्दन भाँच्चिएको र टाउकोमा चोट लागेपछि उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना गरिएको प्रहरीले जनाएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बुझिएको छ ।







प्रतिक्रिया