मुख्य समाचार

आज यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

आज यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना


बिर्तामोड । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

सोमबार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

शेयर गर्नुहोस :

27
Shares