मुख्य समाचार

अपराधिहरुलाई कारबाही गर्न मिसन बिर्तामोडको माग

अपराधिहरुलाई कारबाही गर्न मिसन बिर्तामोडको माग


बिर्तामोड । मिसन बिर्तामोडले अपराधीहरुमाथि कारबाहीको माग गरेको छ । बिर्तामोडमा आइतवार पत्रकार सम्मेलन गर्दै मिसन बिर्तामोडका अध्यक्ष माधव झाले अपराधिमाथि कारबाही र शून्य सहनहिलता लागू हुनुपर्ने माग अघि सारेको हो ।

उनले निजी तथा सार्वजनिक सम्पत्ति जलाएर मुलुकलाई पछि धकेल्ने काम भएको बताए । आगजनी र तोडफोडले देशलाई नै नोक्सान गरेको भन्दै अपराधिक काममा संलग्नहरुलाई कारबाही हुनुपर्ने बताएका छन् ।

जेनजी अन्दोलनपछि बनेको अन्तरिम सरकारलाई निर्वाचन निष्पक्ष, स्वतन्त्र र पारदर्शी रुपमा सम्पन्न गर्न माग गर्दै मिसन बिर्तामोडले आन्दोलनका क्रममा ज्यान गुमाएका शहिदको सम्मान, घाइतेहरुको उपचार र पीडितहरुलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

युवापुस्ताहरुले उठाएका मागहरुलाई सम्बोधन गर्दै भ्रष्टाचार काण्डहरुको निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् ।

पत्रकार सम्मेलनमा सहभागी अनिश कट्टेलले अन्तरिम सरकारको प्रधानमन्त्रीको नियुक्तीप्रति चित्त नबुझेको स्पष्ट बनाएका छन् । उनले कार्कीले नै स्थापित गरेका नजिरविरुद्ध आफै लागेर प्रधानमन्त्रीमा नियक्ति भएको भन्दै असन्तुष्टी व्यक्त गरे । संसद् पुर्नस्थापना भए पनि मानेर जानुपर्ने उनको भनाई थियो । संसद् पुर्नस्थापित नभए सरकारलाई चुनावमा सहयोग गरेर जानुपर्ने उनको माग छ । आफूहरु पनि चुनावका लागि तयार हुने जनाएका छन् ।
स्वतन्त्र युवाहरुलाई सबैले साथ सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।

शेयर गर्नुहोस :

4.5k
Shares