बिर्तामोड । नेकपा एमाले बुद्धशान्ति गाउँ कमिटीको आयोजनामा आज एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पालिका स्तरीय जनजागरण सभा कार्यक्रम अन्तर्गत पार्टी कार्यकर्ताका बिच प्रशिक्षण सञ्चालन गरिएको हो ।
केन्द्रीय सर्कुलर अनुसार आज देशैभर पालिकाहरुमा एमालेले विविध कार्यक्रम गर्दै जनजागरणसभा सञ्चालन गरेको छ ।
जेनजी आन्दोलनपछिको अवस्थामा नेकपा एमालेको भूमिका र पार्टीको आगामी रणनीतिका बारेमा प्रशिक्षण प्रदान गरिएको थियो । बुद्धशान्तिका ५०० बढी नेता कार्यकर्ता प्रशिक्षणमा सहभागी भएकोसचिव धरणीधर पोखरेलले जानकारी दिए ।

नेकपा एमाले बुद्धशान्ति गाउँकमिटीका अध्यक्ष नेत्र रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्य रहेको थियो । प्रशिक्षणमा झापा जिल्ला कमिटी अध्यक्ष प्रेम गिरी, केन्द्रीय सल्लाहकार सदस्य हरिचरण शिवाकोटी, कोशी प्रदेशसभा सदस्य चिन्तन पाठक , प्रदेश कमिटी सदस्य तथा सल्लाहकारहरु, जिल्ला सदस्य तथा सल्लाहकारहरुको आतिथ्यमा प्रशिक्षण सम्पन्न भएको हो ।








प्रतिक्रिया