Banner news

विदेशमा रहेका नेपालीको मतदाता नामावलीमा नाम दर्ता तत्काल सुरु गर्न रास्वपाको माग

विदेशमा रहेका नेपालीको मतदाता नामावलीमा नाम दर्ता तत्काल सुरु गर्न रास्वपाको माग


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विदेशमा रहेका नेपालीको मतदाता नामावलीमा नाम दर्ता कार्य तत्काल सुरु गर्न माग गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर रास्वपाले यस्तो माग गरेको हो ।

‘ठुलो संख्यामा नेपाली नवयुवाहरू विदेशमा रहनुभएकाले विदेशमा रहनुभएका योग्यता पुगेको नेपालीहरूको हकमा राष्ट्रिय परिचय पत्रका आधारमा वा सम्बन्धित राजदूतावासबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सहजीकरण गर्ने तत्काल व्यवस्था मिलाइदिनुहुन समेत अनुरोध गर्दछौँ,’ रास्वपाले गृहमन्त्री अर्याललाई बुझाएको पत्रमा उल्लेख छ ।

पत्रमा रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले हस्ताक्षर गरेका छन् । महामन्त्री बुर्लाकोटीले पार्टीकै तर्फबाट यस्तो माग गृहमन्त्री अर्यालसमक्ष राखेका हुन् ।

शेयर गर्नुहोस :

81
Shares