बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले माथिमाथि कुद्ने रेल नेपालमा ल्याउन सकिने बताएका छन् । उनले यो विषय ठट्टाको कुरा होइन भन्दै दुई घण्टामा काठमाडौं पुग्न सकिने बताए ।
शनिवार झापा जिल्लास्तरीय सभामा बोल्दै अध्यक्ष लिङदेनले एकैदिनमा काठमाडौंमा काम सकेर फर्किन सकिने बताएका हुन् ।
नेता र जनताले चढ्ने गाडि अलग–अलग हुन नहुने भन्दै नेता, जनता चढ्ने एउटै गाडिको व्यवस्था गर्न सकिने अध्यक्ष लिङदेनले बताए । त्यो कामका लागि दृष्टिकोण चाहिने बताउँदै त्यसका लागि आफूहरुको शक्ति र क्षमता भएको स्पष्ट पारे ।







प्रतिक्रिया