मुख्य समाचार

इलाम झापा मैत्री समाज बिर्तामोडको अध्यक्षमा पुनः लामिछाने

इलाम झापा मैत्री समाज बिर्तामोडको अध्यक्षमा पुनः लामिछाने


बिर्तामोड । इलाम झापा मैत्री समाज बिर्तामोड नगर समितिको छैटौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नगर अध्यक्षमा पुन : अन्जु लामिछानेलाई चयन गरेको छ ।

समाजको उपाध्यक्ष दुर्गा पोखरेल, सचिव निर कुमार खत्री, सह–सचिव विमल कट्टेल, कोषाध्यक्ष गंगा खनाल चयन भएका छन् । यस्तै, सदस्यहरुमा जोशिला खत्री, सविता आचार्य, सुशिला कर्माचार्य, श्रद्वा सुमन शर्मा, सिता अधिकारी र गोपाल दाहाल चयन भएका छन् ।

इलाम नगरपालिका पूर्व उपाध्यक्ष भिष्म वैद्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा पूर्व न्यायाधिवक्ता प्रमोद भट्टराई, निवर्तमान अध्यक्ष श्याम खड्गी, विजय कुमार बुढाथोकी, सुरेन्द्र नेपाल, गजेन्द्र पौडेल, डिल्ली नेपाल, चन्द्र बस्नेत, ढुण्डिराज गिरी, दुर्गा खनाल, दिलिप अधिकारी, चन्द्रकान्त ढकाल, पुष्प खड्का, नरेश कर्माचार्य लगायतको आतिथ्यता रहेको थियो ।

शेयर गर्नुहोस :

135
Shares