विर्तामोड । झापामा लामो समयदेखि मोटर चोरीमा संलग्न दुई जनालाई प्रहरीले अर्जुनधाराबाट पक्राउ गरेको छ ।
अर्जुनधारा–६ बिहानी टोलका मोहमद उसिम मुदिलको घरमा डेरा गरेर बस्दै आएका दुई जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

अर्जुनधारा–६ स्थित करिम आलमको घरमा कोठा भाडा लिएर बस्दै आएको कोठामा साइकल, मोवाइल, मोटरसाइकल, फलामको पाइप, पानी तान्ने मोटर लगायतका समानहरु फेला परेको हो ।
प्रहरीले भारतको विहारस्थित किसगंज घर बताउने ३५ बर्षकी खतिजा वेगम र मोहम्मद रज्जाकलाई सामानसहित नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले उनीहरूको कोठाबाट ९ वटा साइकल, फलामको पाईपको ट्क्राहरु–४७ वटा, स्पोक सहितको ट्यार रिङ–६ थान, रिङ मात्र थान–१, फलामको रड थान–१८, २५ थान मोटर, गाडी धुने पम्प थान–१, मोटरको फलामको रोटर थान– ६, ग्यास इन्डेक्सन चुलो थान –१ र मोटर साइकलको मोटरगार्ड, सकप र टि सहितको थान–१ बरामद गरेको जनाएको छ ।
यसैगरी, वल्डिङ मेसिनको कभर थान–१, रेडि वाटरको भित्रको जालि थान–२, पेन्चिस-पिलास थान–२, एलङकि पिलास थान–३, हेम्वर थान–१ र कालो साउण्ड वक्स थान–४ बरामद भएको छ ।
यस्तै सामसुङ कम्पनीको ट्याब १ थान, नक्कली जस्तो देखिने भारतीय नोट १०० दरको थान –९५, मोवाइल ५ थान बरामद गरेको प्रहरीले जनाएको छ । यसैगरी, प्रदेश नं. १–०१–०१५ प ९३४४ नम्बरको मोटर साइकल र त्यसको बिलबुकसमेत बरामद भएको छ । प्रहरीले उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडमा राखेर अनुसन्धान अघि बढाएको जनाएको छ ।







प्रतिक्रिया