मुख्य समाचार

बिर्तामोड उद्योग वाणिज्य संघको सल्लाहकारमा केदार गिरी मनोनित

बिर्तामोड उद्योग वाणिज्य संघको सल्लाहकारमा केदार गिरी मनोनित


बिर्तामोड । झापा गोल्डकपका अध्यक्ष केदार गिरी बिर्तामोड उद्योग वाणिज्य संघको सल्लाहकारमा मनोनित भएका छन् ।
संघको मंगलवार बसेको बैठकले गिरीलाई एक कार्यकालका लागि सल्लाहकारमा मनोनयन गरेको हो ।

बिर्तामोड उद्योग वाणिज्य संघको विधान २०७३ को परिच्छेद ९ अन्तर्गत दफा २९.१ को उपदफा ‘क’ बमोजिम सल्लाहकारमा मनोनयन गरिएको संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।

विधानअनुसार संघले पाँच सदस्यीय सल्लाहकार समिति गठन गर्न पाउने व्यवस्था छ । सोही प्रावधानअनुसार गिरीलाई सल्लाहकार समितिमा समेटिएको अध्यक्ष न्यौपानेले बताए ।

कञ्चन निर्माण सेवाका सञ्चालकसमेत रहेका गिरी झापाका स्थापित व्यवसायी हुन् । उद्योगी व्यवसायीको हकहित तथा संरक्षणका क्षेत्रमा उनको भूमिका प्रभावकारी रहने अपेक्षा गरिएको छ ।

शेयर गर्नुहोस :

270
Shares