मुख्य समाचार

बिर्तामोडमा न्यू डिजाइन सटिङ सुटिङ एण्ड टेलरिङ्गको सेवा सुरु

बिर्तामोडमा न्यू डिजाइन सटिङ सुटिङ एण्ड टेलरिङ्गको सेवा सुरु


बिर्तामोड । बिर्तामोडमा न्यू डिजाइन सटिङ सुटिङ एण्ड टेलरिङ्ग सेन्टरले आफ्नो सेवा सञ्चालनमा ल्याएको छ । भोजपुरमा उत्पादित खाडी र अल्लोका कपडासहित आधुनिक प्रकारका सिलाईको सेवा प्रदान गर्ने उद्देश्यले टेलरिङ सेन्टर सञ्चालनमा ल्याइएको हो ।

गुणस्तरीय सिलाई, ब्रान्डेड कम्पनीका सटिङ , सुटिङ , ढाकाको कोट र खाडीका दौरा सुरुवाल, अल्लोका कोट तयार र रेडिमेट सुट पनि सुपथ मूल्यमा उपलब्ध गराउने बताइएको छ । बुधबारदेखि सञ्चालनमा आएको टेलरिङ सेन्टरको उदघाटन कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले गरेका हुन् ।

उनले उदघाटन गर्दै गुणस्तरीय सिलाई सेवा सुरु गरेमा शुभकामना दिए । स्वदेशी उत्पादनलाई जोड दिदैं उनले नेपालमा उत्पादित खाडी र अल्लोले बजार नपाइरहेको अवस्थामा त्यस्ता उत्पादनलाई बजारीकरणमा सहयोग पु¥याउन व्यवसायीलाई समेत आग्रह गरे ।

उद्घाटन कार्यक्रममा स्वागत झापा टेलरिङ व्यवसायी संघका कार्यवहाक अध्यक्ष महेन्द्र दासले गरेका थिए भने कार्यक्रमको सञ्चालन टेलरिङ व्यवसायी सुवास त्रिखत्रीले गरेका थिए ।

शेयर गर्नुहोस :

0
Shares