दमक । बाह्र वर्षअघि दमक उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईको कार्यकालमा दमक बजारमा सिसीटिभी क्यामेरा जडान गर्न लगाएर सम्झौता बमोजिमको रकम नदिएको घटना बाहिर आएको छ । रकम नपाउनेहरुको लागि कानुनी ढोका घच्घचाउने दमक धिमाल ब्यवसायी संमुहले उद्घोष गरेको छ ।
०७० साल पुस ३० गते दमक उधोग वाणिज्य संघले अनलाइन कम्प्युटर सप्लायर्स दमकका सञ्चालक ब्यवसायी सुरज धिमालसँग सम्झौता गरेर बजार क्षेत्रमा सिसीटिभी क्यामेरा जडान गरेको थियो । उक्त काम गरे वापतको रकम भुक्तानीमा झुलाई रहेका कारण समस्यालाई सार्वजनिक गर्दै कानुनी बाटो रोज्ने उद्घोष गरिएको हो ।

यही पुस १८ गते शुक्रवार (भोली) झापाको दमक –७ स्थित पशुहाट परिसरमा दमक उधोग वाणिज्य संघको निर्वाचन हुदैछ । धिमाल ब्यवसायी संमुह दमकले आज पत्रकार सम्मेलन गरी वाणिज्य संघका तत्कालिन अध्यक्ष प्रसाईको पालामा संघका प्रथम उपाध्यक्ष गोकुल श्रेष्ठको संयोजकत्वमा सिसीटिभी जडान समन्वय समिति गठन गरेर दमक बजारका ८ ठाउँमा सिसीटिभी क्यामेरा जडान गरेको प्रमाण देखाउँदै सम्झौता बमोजिमको रकम नपाएको दमक धिमाल ब्यवसायी समुहका संयोजक समेत रहेका अनलाइन कम्प्युटरका सञ्चालक सुरज धिमालले जानकारी दिए ।
पत्रकार सम्मेलनमा सहभागी पत्रकारको प्रश्नको जवाफ दिदै वाणिज्य संघमा प्रसाईको पालादेखि अहिले वहाल वाला अध्यक्ष तथा पुन ःअध्यक्षका उम्मेदवार गोपाल गुरागाईसम्मलाई धेरै पटक रकम पाउँ भन्दै निवेदन गर्दा पनि दिन—दिने भनिए पनि सोझो धिमाल भनेर अहिलेसम्म झुलाई रहेको उनको भनाई छ ।
धिमाल व्यवसायीहरुलाई परेको समस्या, अप्ठायारोमा वाणिज्य संघको अहिलेसम्मको नेतृत्वले केही सहयोग नदिएको धिमाल ब्यवसायी समुहका सचिव मणीराज धिमालले दुःख ब्यक्त गरे । अध्यक्षका उम्मेदवार गुरागाई, अर्को अध्यक्षका उम्मेदवार भरत चम्लागाई अध्यक्षको उम्मेद्धवारको प्यानल र राजु खड्का अध्यक्षका उम्मेद्धवारको प्यानलले धिमाल ब्यवसायीलाई भोट बैंक मात्र बनाएको पत्रकार सम्मेलनमा गुनासो गरेका छन् ।
पाउनुपर्ने रकम नपाइने सामाजिक अवस्थालाई बुझेपछि निर्वाचनको मुखमा आएर सिसी क्यामेरा जडानको रकम नपाएको मुद्धा पत्रकार सम्मेलन गरी बाहिर ल्याउन बाध्य भएको सचिव धिमालले बताए । धिमाल ब्यवसायी र धिमाल समुदायलाई समाज, सम्वन्धित निकायले हेर्ने दृष्टकोण भेदभावकारी भएको महसुस गरेर अहिले वाणिज्य संघको निर्वाचनलाई मात्र नभई भोलीका दिनमा हुने संघीय, प्रदेश र स्थानीय तहको निर्वाचन लगायतका विषयमा आफ्नो अधिकार खोज्न बिद्रोहको संकेत यसै पत्रकार सम्मेलन मार्फत गरेको सचिव मणीराज धिमालको भनाई छ ।
वाणिज्य संघका तत्कालिन प्रथम उपाध्यक्ष तथा सिसीटीभी जडान समन्वय समिति संयोजक गोकुल श्रेष्ठसँग सम्पर्क गर्दा सिसीटिभी क्यामेरा जडानको सम्झौता बमोजिमको रकम नपाएको स्वीकार गरे । सुरज जीसँग धेरै पटक कुराकानी भएको पनि हो । अब निर्वाचित हुने कार्यसमितिले यसको उचित निकास खोजेर समस्या अन्त्य गर्नुपर्ने श्रेष्ठको भनाई रहेको छ ।







प्रतिक्रिया