बिर्तामोड । झापाका महिला पत्रकारलाई लक्षित गरेर आयोजना गरिएको एआई पत्रकारिता तालिम सम्पन्न भएको छ । नारी सञ्चार गृह झापाको आयोजनामा सञ्चालित दुई दिवसीय तालिम आज समापन भएको हो ।
पत्रकारितामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग सम्बन्धी तालिममा जिल्लाभरका अधिकांश महिला पत्रकारको सहभागिता रहेको थियो । प्रविधिको तीव्र विकाससँगै पत्रकारितालाई आधुनिक, प्रभावकारी र सहज बनाउने उद्देश्यले तालिम आयोजना गरिएको नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्यले जानकारी दिइन् ।

तालिमको सहजीकरण प्रशिक्षक उमाकान्त खनालले गरेका थिए । उनले दुई दिनसम्म समाचार लेखन, सम्पादन तथा डिजिटल पत्रकारितामा एआईको जिम्मेवार प्रयोगबारे सहभागीहरूलाई प्रयोगात्मक प्रशिक्षण प्रदान गरेका थिए ।
अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यता रहेको थियो । अध्यक्ष गिरीले पत्रकारितामा नयाँ प्रविधिको सही प्रयोगले समाचारको गुणस्तर अभिवृद्धि हुनुका साथै समय र स्रोतको प्रभावकारी उपयोग गर्न सहयोग पुग्ने धारणा राखेका थिए ।
समापन सत्रमा सहभागी पत्रकार रमा दाहाल र सविना लिम्बुले तालिम अत्यन्त उपयोगी र समयसापेक्ष भएको भन्दै तालिममा सिकेका सीप र ज्ञानलाई दैनिक पत्रकारितामा व्यवहारिक रूपमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।







प्रतिक्रिया