मुख्य समाचार

जेनजी आन्दोलनपछि एमाले ठिंग उभिन सफल भयो : मुख्यमन्त्री कार्की

जेनजी आन्दोलनपछि एमाले ठिंग उभिन सफल भयो : मुख्यमन्त्री कार्की


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका सचिव हिक्मत कार्कीले भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनपछि नेकपा एमाले ठिंग उभिन सफल भएको बताउनुभएको छ । उहाँले केही राजनीतिक दलहरू अझै उठ्ने प्रयासमै रहेको र कतिपय दल हावामा नै दौडिरहेको टिप्पणी गर्नुभयो ।

प्रेस चौतारी नेपाल मोरङ कार्यसमितिले आयोजना गरेको शालिग्राम मन्जु दाहाल पत्रकारिता पुरस्कार वितरण तथा नेकपा एमालेको ११ औं महाधिवेशनमा मोरङबाट केन्द्रीय सदस्य एवम् आयोग सदस्यमा निर्वाचितहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले नेकपा एमाले भने धुलो टक्टक्याएर उठ्न सफल भएको उल्लेख गर्दै उभिनु नै अहिलेको अवस्थामा ठूलो सफलता भएको धारणा व्यक्त गर्नुभयो ।

वर्तमान मुलुकको परिस्थितिलाई मूल्यांकन गर्दा निर्वाचन शान्तिपूर्ण र भयरहित रूपमा हुने सम्भावना अझै प्रस्ट नभएको कार्कीले बताउनुभयो । उहाँले निर्वाचनले मात्र नेपालको विद्यमान समस्याको समाधान गर्छ भन्ने ग्यारेन्टीसमेत नरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, यो निर्वाचनले पनि समाधान गर्छ भन्ने छैन । संसद पुनस्र्थापना गरेर अहिले उठेका मागलाई सम्बोधन गरेर अगाडि बढियो भने मात्रै समस्याको समाधान हुन्छ।, नेकपा एमाले संसद पुनस्र्थापनाको पक्षमा रहेको उहाँले ोहो¥याउनुभयो ।

प्रेस चौतारी मोरङले हरेक बर्ष प्रदान गर्दै आएको शालिग्राम मन्जु दाहाल पत्रकारिता पुरस्कार २०८२ उदयपुरकी पत्रकार रेणु पराजुलाई प्रदान गरेको छ । पराजुलीलाई नगद २१ हजार सहित प्रमाणपत्र प्रदान गर्नुभएको हो । त्यसैगरी चौतारी मोरङले नेकपा एमालेको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित जीवन घिमिरे, ऋषिकेश पोखरेल, पर्शुराम बस्नेत, दिलिप बगडिया, शिल्पा निराला कार्की र अनुशासन आयोग सदस्य राजमती इङनामलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

शेयर गर्नुहोस :

135
Shares