मुख्य समाचार

आदर्श साकोसमा सदस्य शिक्षा प्रदान

आदर्श साकोसमा सदस्य शिक्षा प्रदान


शिवसताक्षी । झापाको शिवसताक्षी दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्थाले सदस्य शिक्षा प्रदान गरेको छ । संस्थाले शिवसताक्षी ७ को चन्द्रडाँगीकाका शेयर सदस्यहरुलाई वित्तीय साक्षरता दिइने उद्देश्यले सदस्य शिक्षा प्रदान गरेको हो ।

सहकारी शिक्षा कार्यक्रममा वित्तीय कारोबार र सहकारीको परिभाषा र आधारभूत सिद्धान्तहरू, सहकारीसँग सम्बन्धित कानुन तथा नीतिहरू, आर्थिक तथा वित्तीय व्यवस्थापनलगायत विषयहरु मा सदस्यहरुलाई शिक्षा प्रदानगएिको संस्थाका व्यवस्थापक प्रकाशचन्द्र पोख्रेलले बताउनुभयो ।

सहकारी सदस्यहरूलाई थप सक्षम, सचेत र जिम्मेवार बनाउने उद्देश्यले सञ्चालन हुने सहकारी सदस्य शिक्षा कार्यक्रम विभिन्न व्यावहारिक तथा सैद्धान्तिक विषयमा आधारित रहने गरेको छ।

कार्यक्रमले सहकारी सञ्चालन, वित्तीय साक्षरता, सुशासनदेखि प्रविधिको प्रभावकारी उपयोगसमेत समेटेर सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको संस्थाले जनाएको छ । सहकारी शिक्षा कार्यक्रममा सहदस्यहरुबीच अन्तरक्रिया समेत गरिएको थियो ।

कार्यक्रममा सदस्यलाई सहकारी भनेको के हो, यसको ऐतिहासिक विकास, उद्देश्य तथा समाजमा सहकारीको भूमिकाबारे विस्तृत जानकारी गराइएको थियो । सहकारी शिक्षा कार्यक्रममा ४५ जना सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा शिक्षा उपसमिति संयोजक नरपति पाठकले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा पूर्व सञ्चालक समिति सदस्य अम्बिका अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने सचिव तीर्थ कुमारी घिमिरे रिजालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

शेयर गर्नुहोस :

459
Shares