मुख्य समाचार

बुद्ध एयरले भन्यो – भद्रपुर घटनाको विस्तृत छानविनमा सहयोग गछौं

बुद्ध एयरले भन्यो – भद्रपुर घटनाको विस्तृत छानविनमा सहयोग गछौं


बिर्तामोड । शुक्रवार राती भद्रपुर विमानस्थलमा भएको दुर्घटनाको विस्तृत छानविनमा सहयोग गर्न बुद्ध एयरले प्रतिवद्धता जनाएको छ ।

आफ्नो धारणा सार्वजनिक गर्दै बुद्ध एयरले छानविनका लागि नागरिक उड्डयन प्राधिकरणलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

हिजो काठमाडौंबाट भद्रपुरका लागि उडेको जहाज रनवे बाहिर गएको घटनाप्रति निकै गम्भीर भएको जनाउँदै बुद्ध एयरले उक्त समयमा उद्धार कार्यमा तदारुकताका साथ खटिने नेपाल प्रहरी, नेपाली सेना, नागरिक उड्डयन प्राधिकरण तथा बुद्ध एयरका कर्मचारीहरूप्रति आभार प्रकट गरेको छ ।

जहाजमा सवार ५१ जना यात्रुमध्ये सामान्य घाइते भएका यात्रुहरू प्राथमिक उपचारपछि सकुशल घर फर्किएको बुद्ध एयरले जनाएको छ ।

शेयर गर्नुहोस :

351
Shares