Banner news

झापाको पाँचै निर्वाचन क्षेत्रबाट जिल्लालाई उम्मेदवार सिफारिस

झापाको पाँचै निर्वाचन क्षेत्रबाट जिल्लालाई उम्मेदवार सिफारिस


बिर्तामोड । नेकपा एमालेले झापा क्षेत्र नं. २ बाट नौ जनाको नाम सिफारिस गरेको छ । आइतवार सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. २ को बैठकले सभामुख देवराज घिमिरेसहित नौ जनाको नाम सिफारिस गरेको क्षेत्रीय संयोजक बद्री भट्टराईले जानकारी दिए ।

फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारहरुमा सभामुख देवराज घिमिरे, पूर्वमन्त्री अग्नी खरेलसहित नेताहरु अमृतलाल राजवंशी, उमानाथ ओली, ज्ञानेन्द्र प्रसाद ओली, एकराज कार्की, पार्टीका झापा जिल्ला अध्यक्ष प्रेम गिरी, महिला नेतृ पवित्रा पाठक र राष्ट्रिय युवा संघ नेपालका पूर्व केन्द्रीय सचिव पर्वतराज भण्डारीको नाम सिफारिस गरिएको हो । युवाहरुबाट भण्डारीको नाम सिफारिस भएको हो । १३ जना आकांक्षीहरुमध्ये ४ जनाले नाम फिर्ता लिएका हुन् ।

क्षेत्रीय समन्वय कमिटीले पार्टी जिल्ला कमिटीलाई नाम सिफारिस गरिएको भट्टराईले जानकारी दिए । उनका अनुसार जिल्लाको बैठकले प्रदेश कमिटीलाई नाम सिफारिस गर्ने छ भने प्रदेशले केन्द्रलाई अन्तिम नाम सिफारिस गर्नेछ । जिल्लामा क्षेत्र नं. २ को नाम सिफारिस भएसँगै एमालेले पाँचै निर्वाचन क्षेत्रबाट नाम सिफारिसको काम सम्पन्न गरेको छ ।

शनिवार झापा क्षेत्र नं. १, ३, ४ र ५ को क्षेत्रीय समन्वय कमिटीले बैठकबाट उम्मेदवारको नाम सिफारिस गरेको थियो ।
झापा क्षेत्र नं. १ बाट ८ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. १ को बैठकले जिल्लालाई ८ जनाको नाम सिफारिस गरेका हो । बैठकले प्रत्यक्ष तर्फको उम्मेदवारका रुपमा राजु कार्की, लक्ष्मी राई, घनश्याम अधिकारी, असारु राजवंशी, कृष्ण कनाल, रामचन्द्र उप्रती, निरु परियार र चन्द्र प्रसाईको नाम सिफारिस भएको जनाइएको छ ।

झापा क्षेत्र नं. ३ बाट दिपक कार्कीसहित ५ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. ३ को बैठकले जिल्लालाई ५ जनाको नाम सिफारिस गरेका हो । बैठकले प्रत्यक्ष तर्फको उम्मेदवारका रुपमा दिपक कार्की, देवेन्द्र आचार्य, बसन्त बानियाँ,सन्तलाल मेचे र हरिबहादुर राजवंशीको नाम सिफारिस गरिएको क्षेत्रीय सचिव नरेश चुडालले जानकारी दिए ।

झापा क्षेत्र नं. ४ बाट एलपी साँवा लिम्बुसहित ३ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. ४ को बैठकले जिल्लालाई ३ जनाको नाम सिफारिस गरेका हो । बैठकले प्रत्यक्ष तर्फको उम्मेदवारका रुपमा एलपी साँवा लिम्बु, हिरा थापा र भोजकुमारी नेपालको नाम सिफारिस गरिएको जनाइएको छ । जिल्लामा सबैभन्दा कम संख्यामा ४ नं. ले नाम सिफारिस गरेको छ ।

यस्तै, झापा क्षेत्र नं. ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकल नाम सिफारिस भएको छ । क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. ५ को बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो । नेकपा एमाले झापाका सचिव कार्कीका अनुसार झापा ५ का लागि सर्वसम्मत रुपमा अध्यक्ष ओलीको नाम सिफारिस गरिएको गरिएको हो ।

शेयर गर्नुहोस :

432
Shares