Banner news

ल्याण्ड गर्न ठाउँ अभाव छैन : विमानस्थल प्रमुख

ल्याण्ड गर्न ठाउँ अभाव छैन : विमानस्थल प्रमुख


सुरक्षित ठाउँमा सारियो विमान

बिर्तामोड । दुर्घटनामा परेको बुद्ध एयरको विमान सुरक्षित ठाउँमा सारिएको छ । शुक्रवार राती ९ः१० बजे रन–वेको पूर्व तर्फ ३०० मिटर ओभर रन भई दुर्घटनामा परेको थियो ।

भद्रपुरमा दुर्घटनामा परेको विमानलाई खोल्साबाट आइतवार राती निकालेर सुरक्षित स्थानमा सारिएको विमानस्थलका किशोरकुमार खत्रीले जानकारी दिए ।

शनिवार दिनभर १३-१३ टनको दुई वटा क्रेनले सार्न नसकेपछि आइतवार विराटनगरबाट ल्याइएको ५० टन क्षमताको क्रेनको सहयोगमा सुरक्षित स्थान सारिएको खत्रीले जानकारी दिएका हुन् । उनका अनुसार विमान सार्ने कामसँगै इन्जिनियरको टिमले प्राविधिक जाँच र इस्यूरेन्सको टिमले आफ्नो काम गरिरहेको छ । प्राविधिक जाँच पश्चात विमानलाई के गर्ने भन्ने बारेमा निर्णय गरिने बताइएको छ । विमानलाई सुरक्षित राखिएको ठाउँमा मर्मत गर्ने हो वा खोल्ने हो भन्ने निर्णय प्राविधिक जाँच टोलीले गर्नेछ ।

भद्रपुर विमानस्थलमा भएको दुर्घटनापछि ल्याण्ड गर्न पर्याप्त ठाउँ नभएको समेत चर्चा हुन थालेको छ । कतिपयले जिल्ला प्रशासन कार्यालय लगायतका भौतिक संरचनाहरुका कारण ल्याण्डमा समस्या भइरहेको बताइरहेका छन् । प्रशासनको भवन लगायतका संरचनाले ल्याण्ड गर्न समस्या हुन सक्छ ? भन्ने जिज्ञासामा विमानस्थलका प्रमुख खत्रीले भने, त्यस्तो समस्या छैन । सबै मापदण्ड पुरा गरेर नै विमानस्थल सञ्चालनमा छ । विमानस्थल सञ्चालनका लागि आवश्यक सबै स्टाण्डर पुरा गरिएको छ, उनले थपे – कुनै प्राविधिक समस्या थियो भने विमानस्थल नै सञ्चालन हुने थिएन ।

शेयर गर्नुहोस :

432
Shares