Banner news

झापाको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

झापाको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त


बिर्तामोड । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य जिल्ला निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आयोगको बैठकले प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनका लागि जिल्ला न्यायाधीश र नेपाल न्याय सेवाका उपसचिव तहका कर्मचारी गरी कुल १६५ जनालाई मुख्य जिल्ला निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रूपमा नियुक्त गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

आयोगले झापाको मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालतका जिल्ला न्यायाधीश उमेश प्रसाद लुईटेललाई नियुक्त गरेको छ । झापा क्षेत्र नंं. १ को निर्वाचन अधिकृतमा गोपी विश्वकर्मा, क्षेत्र नं. २ मा महेश प्रसाद खत्री, क्षेत्र नं. ३ मा मुख्य निर्वाचन अधिकृत लुईटेल, क्षेत्र नं. ४ को निर्वाचन अधिकृतमा भीम प्रसाद भूर्तेल र झापा क्षेत्र नं. ५ मा बिदुर कुमार कार्कीलाई नियुक्त गरिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ अनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएको हो । संविधान, यस ऐन तथा संघीय कानुनबमोजिम निर्वाचनसम्बन्धी कार्य सम्पादन गर्न वा गराउन आयोगले प्रत्येक जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत र प्रत्येक निर्वाचन क्षेत्रमा एक जना निर्वाचन अधिकृत नियुक्त गर्ने व्यवस्था छ ।

शेयर गर्नुहोस :

270
Shares