मुख्य समाचार

बिर्तामोडबाट १२३ ग्राम लागुऔषधसहित एक पक्राउ

बिर्तामोडबाट १२३ ग्राम लागुऔषधसहित एक पक्राउ


बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–१, सूर्यनगर टोलस्थित काली मन्दिर नजिकै लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

मंगलवार दिउँसो करिब १३ः३० बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी निरीक्षक प्रवीण श्रेष्ठको नेतृत्वको टोली तथा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा बिर्तामोड–१ बस्ने ४० वर्षका अजय राजवंशीको घर कोठाबाट लागुऔषध बरामद गरेको हो ।

प्रहरीले घर कोठाभित्र लुकाईछिपाई राखिएको ब्राउन सुगर १२३ ग्राम १८० मिलिग्राम फेला पारेको जनाएको छ । त्यसैगरी प्रहरीले नेपाली रुपैयाँ २ लाख ६७ हजार, भारतीय रुपैयाँ २९ हजार ५ सय, डिजिटल तराजु १ थान, कैंची १ थान, चक्कु १ थान तथा मोबाइल फोन २ थान समेत बरामद गरेको छ । बरामद लागुऔषध तथा सामग्रीसहित अजय राजवंशीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस :

216
Shares