मुख्य समाचार

राष्ट्रियसभामा एमालेका आठ उम्मेदवार

राष्ट्रियसभामा एमालेका आठ उम्मेदवार


काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रियसभा निर्वाचनका उमेदवार टुंगो लगाएको छ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालसँगको तालमेलमा आठ सिटमा उमेदवार टुंगो लगाएको हो ।

मधेस प्रदेशबाहेक अन्य प्रदेशमा एमालेले राष्ट्रियसभा उमेदवार टुंगो लगाएको हो । नेता नीरज आचार्यका अनुसार कोसी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेल उमेदवार बन्ने भएका छन् ।

मधेशमा रेखा झा, वाग्मतीमा प्रेमप्रसाद दंगाल, गण्डकीमा सम्झना देवकोटाको नाम टुंगिएको छ ।

लुम्बिनी प्रदेशमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिम प्रदेशमा लीला भण्डारीलाई उमेदवार बनाइने भएको छ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज उमेदवारको मनोनयन हुँदै छ ।

शेयर गर्नुहोस :

216
Shares