बिर्तामोड । जिल्ला तहको गरिबीको दर करिब ५० प्रतिशतसम्म रहेको पाइएको छ । ‘गरिबीको लघुक्षेत्र अनुमान २०८१’ को नतिजाले यस्तो देखाएको हो ।
शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान प्रतिवेदन अनुसार जिल्ला तहमा गरिबीको दर न्यूनतम ५.६३ प्रतिशत देखि अधिकतम ४९.५८ प्रतिशतसम्म रहेको छ ।
‘गरिबीको लघुक्षेत्र अनुमान २०८१’ को नतिजाले नेपालमा जिल्ला र स्थानीय तह अनुसार गरिबीको वितरणमा ठूलो असमानता रहेको देखाएको छ । स्थानीय तहको तथ्यांक हेर्दा गरिबीको दर १.१८ प्रतिशत देखि ७७.८९ प्रतिशतसम्म पुगेको छ ।
नेपालका ३४ वटा जिल्लामा गरिबीको दर राष्ट्रिय औसत भन्दा कम रहेको छ भने ४३ वटा जिल्लामा गरिबीको दर राष्ट्रिय अनुमानभन्दा धेरै देखिएको छ । ७५३ स्थानीय तहमध्ये ३०९ वटा स्थानीय तहमा गरिबीको दर राष्ट्रिय औसत प्रतिशत २०.२७ प्रतिशतभन्दा कम पाइएको छ । तर, ४४४ वटा स्थानीय तहमा गरिबीको दर राष्ट्रिय अनुमान भन्दा धेरै रहेको छ ।







प्रतिक्रिया