दमक । मालपोत कार्यालय र नापी कार्यालय दमकको परिसर क्षेत्रमा कर्मचारी, लेखापढी ब्यवसायी तथा सेवाग्राहीहरुले शुक्रवार सरसफाई गरेका छन् ।
उनीहरुले दमक ४ स्थित मालपोत कार्यालय र नापी कार्यालय दमकको परिसरभित्रको सरसफाई गरेका हुन् । मालपोत कार्यालय, नापी कार्यालय र नेपाल लेखापढी कानुन ब्यवसायी समिति दमकले संयुक्त रुपमा सरसफाई अभियान शुरु गरेको गरेको लेखापढी कानुन ब्यवसायी समिति कोशी प्रदेश संयोजक ज्ञानेन्द्र तिम्सिनाले जानकारी दिनुभयो ।
मालपोत र नापी जस्ता केही कार्यालयप्रति हेर्ने सेवाग्राहीहरुको धारण परिवर्तन गर्न र कार्यालय परिसरलाई सफा, हराभरा वातावरण मैत्री बनाउन सरसफाई अभियान शुरु गरिएको मालपोत कार्यालय दमकका प्रमुख लोक भण्डारीले बताउनु भयो ।
सरसफाई जस्ता अभियान लिएर यी कार्यालय परिसरभित्र बोटविरुवा सहितको स्वच्छ वातावरण कायम गर्न र कार्यालय,कर्मचारी साथै लेखापढी ब्यवसायीहरुलाई बुझ्ने अनि हेर्ने दृष्टिकोण परिवर्तनमा सबै लाग्ने ,साप्ताहिक सरसफाई अभियान चलाउने विषयमा नापी कार्यालयका निमित्त प्रमुख परपेश्वर ठाकुर लेखापढी काुननु ब्यवसायी इकाई समिति अध्यक्ष तारा बहादुर खड्काले प्रतिवद्धता ब्यक्त गर्दै गर्नु भएको थियो ।
दुई कार्यालय परिसरमा गुड्खा, मधुका खोल फाल्ने गरेको धेरै रहेको हँुदा सरसफाई गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।







प्रतिक्रिया