मुख्य समाचार

आज तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

आज तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो


बिर्तामोड। नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ । महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

शेयर गर्नुहोस :

54
Shares