Banner news

विशेष महाधिवेशन : गणपूरक संख्या कटिसकेको आयोजकको दाबी

विशेष महाधिवेशन : गणपूरक संख्या कटिसकेको आयोजकको दाबी

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले काठमाडौँको भृकुटीमण्डपमा आइतबार आयोजना गरेको विशेष महाधिवेशनमा सहभागीहरूकाे ड्रोनबाट देखिएको दृश्य । तस्बिरः गाेपाल दाहाल / रासस

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ५१ प्रतिशत प्रतिनिधिले नाम दर्ता गराइसकेको दाबी आयोजकले गरेका छन् ।

प्रचार प्रसार समितिका प्रमुख सुवास पोखरेलले महाधिवेशनस्थलमा पत्रकार सम्मेलन गर्दै गणपूरक संख्या पुगिसकेको दाबी गरे । पोखरेलले कतिपय प्रतिनिधि आउने क्रम रहेकोले यकिन संख्या भन्न नमिल्ने बताए । यो विशेष महाधिवेशनले नयाँ नेतृत्व चयनको काम पनि गर्ने वैधानिक व्यवस्था रहेकाले ५ सदस्यीय निर्वाचन समिति गठन हुने पोखरेलले बताए ।

उनका अनुसार विशेष महाधिवेशन एक दिन लम्बिने अवस्था रहेको र नेतृत्व चयनको प्रक्रियामा जाँदा थप एक दुई दिन लम्बिन सक्नेछ ।

शेयर गर्नुहोस :

135
Shares