काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) बाट समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा रहेका तीनजना उमेदवारले आफ्नो नाम फिर्ता लिएका छन् ।
नाम फिर्ता लिनेहरूमा विजयसिंह लामा (आदिवासी जनजाति), अंशु सिंह (मधेसी महिला) र ठाकुरप्रसाद शर्मा रहेका छन् ।
हालसम्म समानुपातिकको बन्द सूचीबाट ५० जनाले आफ्नो नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले सोमबार (पुस २८) का लागि समानुपातिकतर्फका उमेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने तालिका निर्धारण गरेको थियो । जसअनुसार सोमबार दिउँसो सवा २ बजेसम्म ५० जना उमेदवारहरूले आफ्नो नाम फिर्ता लिनका लागि आयोगमा निवेदन दिएका हुन् ।







प्रतिक्रिया