बिर्तामोड । प्रेस क्लव मेचीनगरले भव्यताका साथ इन्डो नेपाल मेचीनगर मिडिया फुटबल कप २०८२ सम्पन्न गरेको छ । उक्त प्रतियोगिताको उपाधि दार्जिलिङको तराई प्रेस क्लबले जितेको छ ।
काँकरभिट्टा माविको खेल मैदानमा पुस २७–२८ गते सञ्चालित मिडिया कपको उपविजेता भद्रपुर प्रेस क्लव भएको छ ।
दार्जिलिङले भद्रपुर प्रेस क्लबलाई २–० को गोल अन्तरले पराजित गर्दै तराई प्रेस क्लव च्याम्पियन बनेको हो । उपाधि जितेसँगै नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता भद्रपुरले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

खेलमा अन्तिम गोल गरेका दावा फाइनल खेलको म्यान अफ द म्चाय घोषित भए । उनले नगद एक हजार एकसय प्राप्त गरे ।
प्रतियोगिता भरिको उत्कृष्ट खेलाडी भद्रपुर प्रेस क्लबका सुशान्त नेपाल, उत्कृष्ट फर्वार्ड आयोजक प्रेस क्लब मेचीनगरका युवराज आचार्य, उत्कृष्ट डिफेन्डर भद्रपुरका राजु पाठक र उत्कृष्ट गोल किपर भद्रपुरकै सुजक राउत घोषित भए ।
प्रतियोगितामा सर्वाधिक गोल कर्ताको रुपमा विजेता तराई प्रेस क्लवका प्रवेश भुजेल पुरस्कृत भए । विधागतरुपमा उत्कृष्ट घोषित सबै खेलाडी जनही नगद एक हजार ५ सयसहित ट्रफी तथा प्रदान गरिएको थियो ।
प्रतियोगितामा भारतका २ वटा र झापाका ६ वटासहित ८ वटा प्रेस क्लबहरुको सहभागिता रहेको प्रेस क्लव मेचीनगरका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । विजेता र उपविजेतालाई समापन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख गोपालचन्द्र बुढाथोकी पुरस्कार वितरण गरेका थिए ।







प्रतिक्रिया