Banner news

गगन–विश्वसहित विशेष महाधिवेशन पक्षधरलाई कांग्रेसले गर्‍याे कारबाही

गगन–विश्वसहित विशेष महाधिवेशन पक्षधरलाई कांग्रेसले गर्‍याे कारबाही


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीको संस्थापन समूहले कारबाही गरेको छ।

पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन–विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पाँच वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो।

बैठकले विशेष महाधिवेशनको पक्षमा लागेका नेताहरूलाई आ-आफ्नो जिम्मेवारीमा फर्कन समेत अपील गरेको छ।

बैठकले गगनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न निर्देशन दिएको छ भने विश्व र सहमहामन्त्री मन्सुरलाई पाँच वर्षका लागि कारबाही गर्ने निर्णय भएको एक नेताले जानकारी दिनुभयो।

केन्द्रीय समिति बैठक जारी रहँदा भृकुटीमण्डपमा महामन्त्रीद्वय गगन र विश्वको नेतृत्वमा विशेष महाधिवेशन हुँदैछ, जसले नेतृत्व चयनतर्फ अघि बढेको छ। विशेष महाधिवेशन पक्षधर नेताहरू केन्द्रीय समिति बैठकमा सहभागी भएका थिएनन्।

शेयर गर्नुहोस :

108
Shares