काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीले
अध्यक्ष केपी शर्मा ओलीलाई देशको आइकनको रुपमा स्थापित गर्नुपर्ने बताउनु भएको छ ।
प्रेस चौतारी नेपालले गरेको स्वागत कार्यक्रममा बोल्दै शाहीले कुनै पनि विषयमा भाष्य निर्माण गर्ने काममा मिडियाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

आगामी निर्वाचनमा देश बनाउने र देश जलाउनेको प्रतिष्पर्धा हुने बताउनुभयो । शाहीले कुनै पनि राजनीतिक दल नयाँ र पुरानो नहुने बताउनुभयो । `राजनीतिक इतिहास भएका दलहरु पुराना हुदैनन् । उनीहरुले नयाँ नेतृत्व बिचार दिन सके कि सकेनन् भन्ने कुरा महत्त्वपूर्ण हो ´ शाहीले भन्नुभयो `हालै स्थापना भएका दललाई नयाँ भनेर नहुने उनीहरुको बिचार र सिद्धान्तले के भन्छ भन्ने महत्त्वपूर्ण कुरा हो ।´ नयाँ भनिएकाहरुले कानुन हातमा लिएर दुरुपयोग गरिएको बताउनुभयो ।
काँग्रेस फुटको संघारमा रहेको बेला शाहीले यसलाई लोकतन्त्रलाई कमजोर पार्ने बताउनुभयो । यस फुटले राष्ट्रिय सभामा काँग्रेस एमाले गठबन्धनलाई असर नगर्ने शाहीले बताउनुभयो ।







प्रतिक्रिया