Banner news

१६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

१६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


बिर्तामोड । प्रतिनिधिसभा सदस्य चुनाव सञ्चालन तथा व्यवस्थापन प्रयोजनका लागि निर्वाचन आयोगले आज झापाका ५ सहित सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

काठमाण्डौ उपत्यकासहित देशभर निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । आउँदो फागुन २१ गते हुने चुनावका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन यही माघ ६ गते हुँदैछ ।

त्यसअघि नै १ सय ६५ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको आयोगले जनाएको छ । सम्बन्धित निर्वाचन क्षेत्रका लागि निर्वाचन कार्यालय खोलेर कर्मचारी व्यवस्थापन गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

आयोगले हरेक जिल्लामा खटिने ७७ जना मुख्य निर्वाचन अधिकृत तथा ८८ जना निर्वाचन अधिकृत तोकिसकेको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई एउटा–एउटा निर्वाचन क्षेत्रको जिम्मेवारी रहनेछ ।

शेयर गर्नुहोस :

108
Shares