काँकरभिट्टा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) झापाले ‘नयाँ युवा, नयाँ सङ्पल्पः अनेरास्ववियुको दायित्व’ र ‘सार्वजनिक नीतिको पैरवी’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
वर्तमान परिवेशमा अनेरास्ववियुले बहन गर्नुपर्ने भूमिका र सार्वजनिक नीति निमार्णका निम्ति कसरी पैरवी गर्ने भनेर जिल्ला कमिटीले आफ्नो सदस्य तथा पालिका र क्याम्पस कमिटीका पदाधिकारीहरु बीच प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । अनेरास्ववियुले आफ्नो नवीन दायित्व र स्थानीय शिक्षा नीतिको विषयमा कसरी पैरवी गरेर उपलब्धी हासिल गर्न सकिन्छ भनेर यो कार्यक्रम आयोजना गरेको जिल्ला संयोजक मदन ओलीले बताए ।
जिल्ला संयोजक मदन ओलीको अध्यक्षमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथिको रुपमा अनेरास्ववियु कोशी प्रदेश कमिटीका संयोजक नारायण पोखरेलको उपस्थिति रहेको थियो । यस्तै अतिथिहरुमा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सन्तोष धमला, नेकपा एमाले झापा उपाध्यक्ष शिव ढुंगेल, जिल्ला सचिवालय सदस्य तथा विद्यार्थी फाँट इन्चार्ज समर्पण खतिवडा, जिल्ला सदस्य दुर्गा धमला, एमाले मेचीनगर अध्यक्ष राजु कार्की तथा अनेरास्ववियुका अनुशासन आयोगका सदस्य सन्देश पौडेलको उपस्थिति रहेको थियो ।
उक्त प्रशिक्षण कार्यक्रममा ‘नयाँ युवा, नयाँ सङ्पल्पः अनेरास्ववियुको दायित्व’ विषयको प्रशिक्षण एमालेका केन्द्रीय कमिटी सदस्य युवा नेता मनोज ताम्लीले सहजीकरण गरेका थिए भने ‘सार्वजनिक नीतिको पैरवी’ विषयका प्रशिक्षकका रुपमा युवा नेता तथा अभियान्ता अब्दुष मियाको उपस्थिति रहेको थियो ।
अनेरास्ववियुका जिल्ला सदस्य गगन ढकालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम जिल्ला सदस्य आशिष पौडेलले सञ्चालन गरेका थिए । विभिन्न चरणमा सम्पन्न उक्त कार्यक्रममा मञ्जु चिमरिया, उत्सव भट्टराई र छितिज लुइँटेलले चरणगत सहजीकरण गरेका थिए ।







प्रतिक्रिया