Banner news

दुई हजार ६५५ जनाको उम्मेदवारी दर्ता

दुई हजार ६५५ जनाको उम्मेदवारी दर्ता


बिर्तामोड । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि दुई हजार ६५५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ६ गते साँझ ५ बजेसम्मा दुई हजार ६५५ जनाले उम्मेदवारी दर्ता गरेको आयोगले जनाएको छ ।

यी उम्मेदवारमध्ये दुई हजार ३५२ जना पुरुष छन् भने ३०३ जना महिला उम्मेदवार छन् ।

यी उम्मेदवारको दावी विरोधका लागि भोलि माघ ७ गते बिहान १० बजेदेखि ३ बजेसम्मको समय छुट्याइएको आयोगले जनाएको छ ।

शेयर गर्नुहोस :

108
Shares