मुख्य समाचार

बालेनलाई पत्याएनन् युवाले

बालेनलाई पत्याएनन् युवाले


दमक – अन्य दल छोडेर बालेन टिममा छिरेका युवाले उनलाइ २४ घन्टा पनि पत्याएनन ।

युवा संघको दमक नगर कमटिको सचिब छोडेर बालेनलाई जिताउन गयेका कमल गैरे २४ घन्टा नबिती एमालेमा नै फर्कियेका छन । उनले सामाजिक सन्जालमा एमाले केपी शर्मा ओली सङको तस्विर समेत सार्वजनिक गरि एमालेमा नै फर्कियेको सार्वजनिक गरेका छन ।

उनले फेसबुकमा लेखेका छन- म कमलप्रसाद गैरे विद्यार्थी जीवनदेखि नै नेकपा एमालेको जनसंगठन अनेरास्ववियु हुँदै राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटी को सदस्य, उपसचिव सचिव को भूमिका निर्वाह गरि पार्टीको संगठित सदस्य रहेर विगत लामो समयदेखि पार्टीका विभिन्न गतिविधिहरुमा इमान्दारीपूर्वक संलग्न हुँदै आएको छु। हिजो केही व्यक्तिहरूको ‌ दबाब र प्रभावमा परी सामाजिक सञ्जाल मार्फत पार्टी छोडेको भनेर लेखेता पनि मैले गहिरो सोच, अध्ययन र विश्लेषण गर्दा नेकपा एमाले मात्र राष्ट्र र जनताको आशा र भरोसाको केन्द्र रहेकाले हिजो गरेका गल्तीलाई सच्चाई ‌समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेको पार्टीमा नै हिजो पनि यही थिए आज पनि यही छु र भोलि पनि यही रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।

साथै दमक तथा झापा क्षेत्र नम्बर ५ हुँदै समग्र राष्ट्रकै विकासका लागि राष्ट्रनायक केपी ओली नै भएको हुनाले केपी ओलीलाई जिताउनका लागि म यथाववत रुपमा यही पार्टी तथा संगठनमा रहि यो अभियानलाई पुरा गर्ने संकल्प सहित प्रतिबद्ध रहेको सम्पूर्णमा जानकारी गराउन चाहान्छु।

शेयर गर्नुहोस :

2.2k
Shares