मुख्य समाचार

अन्तर्राष्ट्रिय भन्सार दिवस मनाईँदैं

अन्तर्राष्ट्रिय भन्सार दिवस मनाईँदैं


मेचीनगर । विगत बर्षझै यसबर्ष पनि ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । हरेक वर्षको जनवरी २६ का दिन यो दिवस मनाउने गरिन्छ ।

विश्व भन्सार संगठनको निर्णयअनुसार हरेक जनवरी २६ मा यो दिवस मनाउन थालिएको हो । यस वर्ष यो दिवसको मुख्य : ‘सतर्कता र प्रतिवद्धतासहित समाजको सुरक्षा गर्दै भन्सार ’ भन्ने रहेको छ । यसरी यस दिनमा भन्सार दिवस मनाईने कार्य भने विश्व भन्सार संगठनले तय गरेको हो । नेपालमा पनि विभिन्न जागरणका कार्यक्रम, गोष्ठीलगायत नागरिक उत्प्रेरणत्मक जानकारीमूलक कार्यक्रम गरेर भन्सार दिवस मनाईन्छ ।

सोमबार माघ १२ गते पर्न गएको ७४ ओैँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा मेची भन्सार कार्यालय काँकडभिट्टाले तीन दिवसीय कार्यक्रम गरी मनाउने भएको छ ।

सरसफाई, आँखा शिविर, प्रभात फेरि र्यालीसहित प्रचार प्रसार र पुरस्कार वितरण सम्मान तथा चियापान कार्यक्रमससहित दिवस समापन गरिने योजना रहेको छ ।

मेची भन्सार कार्यालयले माघ १० गते सरसफाई, माघ ११ गते आँखा शिविर कार्यक्रम, माघ १२ गते बिहान प्रभातफेरि, र्याली र प्रचार प्रसार र ११ः०० बजेदेखि पुरस्कार वितरण, सम्मान तथा चियापान कार्यक्रम गर्ने प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेले जानकारी दिए ।

शेयर गर्नुहोस :

27
Shares