मुख्य समाचार

सतासीधाम जेसीजको १३ औँ पदहस्तान्तरण

सतासीधाम जेसीजको १३ औँ पदहस्तान्तरण


शिवसताक्षी । सतासीधाम जेसीजको १३ औँ पदहस्तान्तरण कार्यक्रम शनिबार शिवसताक्षी नगरपालिका–११ स्थित सामुदायिक अध्ययन तथा सिकाई केन्द्रको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रम मार्फत निवर्तमान कार्यसमितिबाट नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको हो । जेसीजको विधानअनुसार सम्पूर्ण पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन गरिएको जनाइएको छ । नवगठित कार्यसमितिको अध्यक्षमा निरोज दुलाल चयन हुनुभएको छ । त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा मन्जिल नेपाल र प्रतिमा बजगाई चयन भएका छन् ।

यस्तै, उपाध्यक्ष पदमा भुपेन्द्र बस्नेत, सुजन भण्डारी, नेयारिका प्रधान र मन्दिरा पौडेल चयन भएका छन् ।
कानुनी सल्लाहकारमा रिता कोइराला, महासचिवमा दिलबहादुर कार्की (राजन), कोषाध्यक्षमा सरु अधिकारी खत्री तथा सह–कोषाध्यक्षमा सविना बोहोरा चयन हुनुभएको छ ।

कार्यसमितिअन्तर्गत तालिम निर्देशकमा पारस खनाल, सञ्चार संयोजकमा निकेश दाहाल, प्रकरण निर्देशकमा साहिल लिम्बू तथा शाखा सम्पादकमा नेत्र पाठक चयन भएका छन् । कार्यक्रममा सतासीधाम जेसीजका वर्ष २०२५का अध्यक्ष पदमजंग कुँवरले वर्ष २०२६ अध्यक्ष निरोज दुलाललाई चेन हस्तान्तरण गरेका थिए । कार्यक्रममा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार प्रमुख अतिथि तथा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा विशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष तथा सदस्यहरू, जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका अग्रज, सामाजिक अभियन्ता तथा संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नव–निर्वाचित अध्यक्ष निरोज दुलालले जेसीजको मूल उद्देश्यअनुसार युवाको नेतृत्व विकास, सामाजिक सेवा, व्यक्तित्व विकास तथा सामुदायिक विकासमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले टिमवर्क, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै जेसिजलाई अझ सशक्त बनाइने बताउनुभयो ।

कार्यक्रमको अन्त्यमा निवर्तमान कार्यसमितिले जेसिजको संस्थागत विकासमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै धन्यवाद व्यक्त गरिएको थियो भने नव–निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिइएको थियो ।

शेयर गर्नुहोस :

54
Shares