कनकाई – झापाको कनकाई नगरलाई कर्मथलो बनाएर सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार रामप्रसाद निरौला सम्मानित भएका छन् ।
कनकाई ६ स्थित भवानी हिमादेवी खानेपानी तथा सरसफाई उपभोक्ता सामुदायिक संस्थाको नवौं बार्षिक साधारण सभामा “चिरञ्जीवी ईश्वरादेवी उप्रेती अक्षयकोष” को तर्फबाट बर्ष उत्कृष्ट पत्रकारको रुपमा कनकाई खबर डटकम अनलाइन सहित कनकाई खबर साप्ताहिकका सम्पादक निरौला सम्मानित भएका हुन् ।

संस्थाका अध्यक्ष भरतकुमार थपलियाको अध्यक्षता तथा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर आयोजना प्रमुख सुरतलाल चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पत्रकार निरौलालाई नगद ५१ हजार, दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको हो ।
पत्रकार निरौलालाई चिरञ्जीवी ईश्वरादेवी उप्रेती अक्षयकोषका संरक्षक चिरञ्जीवी उप्रेती , कोषका अध्यक्ष एकराज उप्रेती, प्रमुख अतिथी चौधरी , कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी लगायतले सम्मान गरेका हुन् ।
कनकाई सुरुङ्गाका प्रेस क्लबका निवर्तमान अध्यक्ष समेत रहेका निरौला सामाजिक उत्तरदायित्वलाई समेत समान रुपमा महत्व दिँदै आएका कारण उनको जीवन यात्राले धेरै युवापुस्तालाई प्रेरणा दिएको बताइएको छ ।
पत्रकारितासँगै नेपाल पत्रकार महासंघ कोशी प्रदेश परिषद् सदस्य, प्रेस चौतारी झापाका सहसचिव, पतञ्जली योग कनकाई नगर समितिका अध्यक्ष, कनकाई खेलकुद प्रतिष्ठानका सचिव, सुरुङ्गा जेसिज तथा रोटरी क्लब अफ सुरुङ्गा लगायत विभिन्न सामाजिक संघसंस्थामा सक्रिय रहँदै उनले पेशागत हकहित, मानवीय मूल्य र सामाजिक सेवामा पु¥याएको योगदान उल्लेखनीय रहेको संस्थाले जनाएको छ ।
सम्मानितहरूको तर्फबाट मन्तव्य राख्दै उत्कृष्ट पत्रकार निरौलाले आफूलाई प्रदान गरिएको सम्मानले जीवनकै अत्यन्तै भावुक र गौरवपूर्णक्षण बनाएको बताउँदै इमान्दार, मर्यादित र उत्तरदायी पत्रकारिताको मूल्यलाई आत्मसात गर्दै समाजको सत्य आवाज उजागर गर्न अझै जिम्मेवार भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा उत्कृष्ट पत्रकार निरौलासहित उत्कृष्ट विद्यार्थीहरू कनकाई माविका सुसल रसाईली र आदर्श विद्यामन्दिर माविकी अंकिता दवाडी दुवैजना विद्यार्थीलाई जम्मा ५१ हजारको नगद पुरस्कार बराबरी हुने गरी प्रदान गरियो । त्यस्तै उत्कृष्ट कृषक कबिता घिमिरे बस्नेत, उत्कृष्ट बुहारी पुजन बाँस्तोला बारकोटीलाई जनही नगद ५१ हजार, दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा संस्थापक अध्यक्ष तथा जग्गादाता चिरञ्जीवी उप्रेती , तदर्थ समितिका अध्यक्ष गोपाल उप्रेती, उपाध्यक्ष सम्झना श्रेष्ठ, सचिव तुलाराम बस्नेत, सदस्यहरू निर्मला कार्कीडोली, कमला सिटौला , लिलाबल्लभ सुवेदी, मरणोपरान्त दीर्घ थापा, संस्थापक उपाध्यक्ष मरणोपरान्त डिल्लीराम उप्रेती , सचिव जीवनकुमार श्रेष्ठ, सदस्य खिनमाया बस्नेत, पूर्व सचिव अनुप ओली,सदस्य हरिप्रसाद शिवाकोटी , रेखा राजवंशी , सुफल मुर्मू, तारा खतिवडा अधिकारी, पूर्व सदस्य बालकृष्ण सिटौला, शम्भुप्रसाद पोखरेल , भक्तबहादुर घतानी, प्रह्लाद घिमिरे , रमेश श्रेष्ठ लगायतलाई समेत प्रशंसा पत्र प्रदान गरिएको थियो।
संस्थाका उपाध्यक्ष रेवतबहादुर रेग्मीले स्वागत मन्तव्य राखेको कार्यक्रममा संस्थाका अध्यक्ष भरतकुमार थपलियाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका कोषाध्यक्ष प्रेमप्रसाद भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा सुपरीवेक्षण समितिका संयोजक युवराज बोहोराले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भीमप्रसाद अधिकारी, सम्मानित पत्रकार रामप्रसाद निरौला, नेपाली काँग्रेस झापा सभापति देउकुमार थेवे, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
संस्थाका उपभोक्ताहरु सहित कनकाई नगर वडा नं.७ का वडाअध्यक्ष भिष्म सिटौला सहित नगर क्षेत्रका अन्य जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहितको बाक्लो उपस्थिती रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव रामगोपाल ओलीले गरेका थिए।







प्रतिक्रिया