Banner news

झापा : भोट के मा भनेर सोध्नेलाई कारबाही गर्ने

झापा : भोट के मा भनेर सोध्नेलाई कारबाही गर्ने


बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले मतदाताको गोपनीयता भङ्ग गर्ने कार्यमा संलग्नहरुलाई कारबाही गर्ने जनाएको छ । एक सूचना जारी गर्दै निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरुले यस्तो चेतावनी दिएका हुन् ।

फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जालको प्रयोग गरी केही अनलाइन सञ्चार माध्यमले सर्वसाधारण तथा मतदाताहरूको गोपनीयता भङ्ग गर्ने कार्य गरिरहेको आधारमा कारबाही गर्न सूचना जारी गरेको हो ।
झापा ५ मा डेरा बसेका युट्युवर, केही अनलाइन मिडियामा संलग्नहरुले मतदाताको गोपनीयता भंग गरिरहेको अनुगमन गर्ने निकायलाई सूचना प्राप्त भएको थियो ।

सूचनामा भनिएको छ, के कुन दल वा उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य गरिरहेको जानकारी प्राप्त भएकोले उक्त कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लङ्घनको कार्य भएको हुँदा यो सूचना जारी भए पश्चात् कोही कसैबाट यस प्रकारको कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाहीको प्रक्रिया अघि बढाइने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

धेरैजसो झापा ५ का मतदाताहरुलाई युट्युवर, केही अनलाइन मिडियामा संलग्न व्यक्तिहरुले जवरजस्ती कसलाई मत दिने भन्दै प्रश्न गर्दै आएका छन् ।

शेयर गर्नुहोस :

756
Shares