काठमाडौँ । गत आर्थिक वर्षको पुस महिनासम्मको अवस्थासँग तुलना गर्दा चालु आर्थिक वर्षको सोही अवधिमा तलब तथा ज्याला सूचकांक ६.०३ प्रतिशतले बढेको देखिएको छ।
उक्त सूचकांकले अघिल्लो वर्षको पुसको तुलनामा चालु वर्षको सोही अवधिमा श्रमिकको तलब तथा ज्यालामा ३.१८ प्रतिशत बिन्दुको सुधार भएको जनाउँछ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा तलब तथा ज्याला सूचकांक २.८५ प्रतिशतले वृद्धि भएको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार प्रदेशगत रूपमा गण्डकी प्रदेशमा तलब तथा ज्याला सूचकांकको वृद्धि सबैभन्दा बढी ९.७१ प्रतिशत रहेको छ। सबैभन्दा कम वृद्धि कर्णाली प्रदेशमा देखिएको छ, जहाँ सूचकांक २ प्रतिशतले मात्र बढेको छ।
प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा ६.७७ प्रतिशत, मधेश प्रदेशमा ४.४२ प्रतिशत, बागमती प्रदेशमा ४.७४ प्रतिशत, गण्डकी प्रदेशमा ९.७१ प्रतिशत, लुम्बिनी प्रदेशमा ८.६४ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५.६० प्रतिशतले तलब तथा ज्याला सूचकांक बढेको राष्ट्र बैंकले जनाएको छ।







प्रतिक्रिया