दमक । दमक नगरपालिकाले नियुक्ति गरेको दमक प्रज्ञा प्रतिष्ठानको अध्यक्षसहितको कार्यसमिति र परिषद सदस्यहरुको सपथ ग्रहण कायक्रम सम्पन्न गरेको छ ।
दमक नगरपालिकाले मंगलवार आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष डा. गोपाल प्रसाद भण्डारीलाई नगर प्रमुख राम थापाले सपथ ग्रहण गराउनु भएको हो । सपथ ग्रहण पछि बोल्दै डाक्टर भण्डारीले विभिन्नता भित्र एकता खोज्नु पर्ने बताउनु भयो । नगरपालिकाले दिएको जिम्मेवारी पुरा गर्दै कला, साहित्य, संस्कृति लगायतका क्षेत्रको विकासका लागि सामुहिक प्रयासबाट नतिजा दिनु पर्ने भएको हुदा सामुहिक एकता सबैमा हुनु पर्ने बताउनु भयो ।

नगर उपप्रमुख रेगिना भटराई प्रसाईको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रममा अध्यक्ष भण्डारीले प्रज्ञा प्रतिष्ठानका पदाधिकारी,कार्यसमिति सदस्य र परिषद सदस्यहरुलाई सपथ ग्रहण गर्नु भएको थियो । नगर प्रमुख थापाले दमक पहिचान कायम राख्दै उपलब्धि दिने कुरामा आफू विश्वस्त रहेको बताउनु भयो ।
नगरपालिका दमक प्रज्ञा प्रतिष्ठानसंग सहकार्य गरेर काम गर्ने पनि मेयर थापा र प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला र दमक ९का वडा अध्यक्ष तथा शिक्षा समिति संयोजक कुबेर भटराईले बताउनु भयो । दमक प्रज्ञा प्रतिष्ठानको अध्यक्ष डाक्टर भण्डारी, उपाध्यक्ष डा.ब्यञ्जना शर्मा,सचिव जयबहादुर श्रेष्ठ, कार्यसमिति सदस्य बिन्दु दाहाल,कमला खनाल,शंकर चापागाई( धनकुटे कान्छा),धनञ्जय बास्कोटा,राधिका ओझा र भूमि प्रसाद दाहाल रहनु भएको छ ।
यसैगरी परिषद सदस्यहरुमा कृष्ण धिमाल,मेघराज तिम्सिना, विष्णु न्यौपाने, डिकेश लामा,प्रकाश बुढाथोकी,भेषराज न्यौपाने, दुर्गा काफले, टंकनाथ भण्डारी जीवन गुरुङ, टंक पाठक, बालाभटराई,मन कुमार गदाल,भवकृष्ण खतिवडा,मोहन संग्रौला,सेसेमी नाल्बो,मिना विश्वकर्मा, अर्जुनकृष्ण रेग्मी र सुरेन्द्र भण्डारी नियुक्ति हुनु भएको प्रतिष्ठानका सचिव श्रेष्ठले जानकारी दिनुभयो ।
गत पुस २४ गते बसेको दमक नगरपालिकाको कार्यपालिकाको बैठकले दमक प्रज्ञा प्रतिष्ठानको अध्यक्ष सहितका पदाधिकारी, कार्यसमिति सदस्य र परिषद सदस्यहरु नियुक्ति गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख प्रविण खड्कालले जानकारी दिनु भयो ।







प्रतिक्रिया